देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्व बैंकद्वारा नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रका लागि १० करोड डलर ऋण सहायता

देशान्तर

काठमाडौँ – विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको शुक्रबार बसेको बैठकले सरकारको विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयन र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा दक्षता बढाउने प्रयोजनका लागि ५-५ करोड डलर ऋण सहायता दिने निर्णय गरेको हो ।

नेपालस्थित विश्व बैंकको कार्यालयका अनुसार करिव १२ अर्ब नेपाली रुपैयाँ यो सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन खर्च हुने छ ।

नेपाल, श्रीलंका र माल्दिम्भसका विश्व बैंकका निर्देशक फारिस हदद जर्भोसले नेपालको विद्यालय क्षेत्रको सुदृढीकरण, विद्यार्थीहरुलाई विद्यालयमा फर्काउने अभियान तथा मानव पुँजी निर्माणमा यो सहायता महत्वपूर्ण हुने टिप्पणी गरेका छन् । उनले स्वास्थ्य क्षेत्रलाई बढी उत्तरदायी बनाउन पनि यसले भूमिका खेल्ने बताएका छन् ।