देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्से ७१ अंकले घट्यो ,११ अर्बको कारोबार

देशान्तर

काठमाडौँ–सोमबार शेयर बजार परिसूचक, नेप्से ७१.०६ अंकले घटेको छ। खुलेदेखि ओरालो लागेको बजार २८३४.४१ बिन्दुमा झरेको छ। 

सोमबार २२७ कम्पनीको २ करोड २५ लाख २२ हजार कित्ता शेयर खरीदबिक्री हुँदा ११ अर्ब ६१ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

सोमबार सूचीकृत सबै समूहको सूचक घटेको छ। सबैभन्दा धेरै फाइनान्स र जलविद्युत् समूहको सूचक समान ५.२० प्रतिशतले घटेको छ। 

त्यसैगरी नारायणी विकास ब्यांकका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यसको शेयर मूल्य ९ .९७ प्रतिशतले बढेको छ। त्यसैगरी हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलप्मेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य ४.३३ बढेको छ। सोमबार १७ कम्पनीको मात्र शेयर मूल्य बढेको छ। 

त्यसैगरी, पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्य ९.२६ र यूनिभर्सल पावर कम्पनी लिमिटेडको ९.१२ प्रतिशतले घटेको छ।