देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआईसी बैंकको डेबिट कार्डका लागि अनलाइनबाटै आवेदन दिन मिल्ने

देशान्तर

काठमाडौँ – सहज डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई डेबिट कार्डका लागि अनलाइनबाटै आवेदन दिन मिल्ने सुविधा ल्याएको छ ।

यो सुविधामार्फत ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको डिजिटल प्लेटफर्ममार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्नेछन् ।

समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा बैंकले ग्राहकलाई कोरोना भाइरस संक्रमणको यस असहज परिस्थितिमा बैंकसम्म पुग्न नपरोस् भन्ने उद्देश्यले बैंकले अनलाइन सेवालाई व्यवस्थित पारिएको जनाएको छ ।