देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शेयर बजार ओरालो , कारोबार रकम १० अर्ब ९० करोडमा खुम्चियो

देशान्तर

काठमाण्डौ – शेयर बजार परिसूचक नेप्से मङ्गलवार बिहिबार पनि सामान्य घटेको छ । हिजो ५२ अङ्कभन्दा धेरैले घटेको नेप्से परिसूचक आज पनि १ दशमलव २९ अङ्कले घटेर दुई हजार नौ सय ६८ दशमलव ४३ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेसँगै शेयर बजारमा कारोबार ह्वात्तै घट्न थालेको छ । बिहिबार नेप्से परिसूचक मात्रै नभइ कारोबार रकम पनि घटेको छ ।

बिहिबार १० अर्ब ९० करोड रुपैयाँ बराबरका दुई करोड तीन लाख ७५ हजार कित्ता शेयर किनबेच भएको छ । हिजो १५ अर्ब ४५ करोड रुपैयाँ बराबरको दुई करोड ८२ लाख कित्ता शेयर कारोबार भएको थियो ।

बिहिबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै ७७ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको ३० करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।

बजार घटे पनि खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ७ दशमलव ४२ प्रतिशतले बढेको छ । सीएचडीसी कम्पनीको शेयर मूल्य भने साढे ६ प्रतिशतले घटेको छ ।