देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्व बैंकले नेपाललाई १७ अर्ब ५५ करोड ऋण दिने

देशान्तर

काठमाडौं – विश्व बैंकले कोभिड-१९ महामारीविरुद्ध लड्न नेपाललाई करिब १७ अर्ब ५५ करोड रुपैयाँ ऋण सहयोग गर्ने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले कोरोना महामारीबाट प्रभावित सामाजिक आर्थिक अवस्थामा सुधार ल्याउन १५ करोड डलर ऋण सहयोग गर्ने प्रस्ताव पारित गरेको हो ।

कोरोना महामारीको प्रभावबाट नेपालको सामाजिक आर्थिक अवस्थामा सुधार ल्याउन विश्व बैंकले ऋण सहयोग गर्ने निर्णय गरेको नेपालका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जारभोसले बताए ।