देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको भाउ १ हजार १ सय रुपैयाँले घट्यो

देशान्तर

काठमाण्डौ – सुनको भाउ बिहिबार तोलामा १ हजार १ सय रुपैयाँले सस्तो भएको छ ।

हिजो तोलाको ९३ हजार १ सय रुपैयाँ तोकिएको सुनको मूल्य बिहिबार घटेर ९२ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै चाँदीको मूल्य पनि बिहिबार २० रुपैयाँले घटेको छ । हिजो तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १३ सय ४० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।