देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस संसदीय दलको चुनावका लागि उमेदवारी दर्ता आज

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको दलको नेताको चुनाव र संसदीय दलको कार्यसमितिको निर्वाचनको कार्यातालिका सार्वजानिक गरेको छ । जसअनुसार आज संसदीय निर्वाचनका लागि आव उमेदवारी दर्ताको समय तय भएको छ । दलको नेताको निर्वाचन चैत २४ गते र कार्यसमितिको निर्वाचन चैत २६ गते हुनेछ । 

तत्कालिन सभापति एंव संसदीय दलका नेता सुशील कोइरालाको निधन भएपछि रिक्त रहेको कांग्रेस संसदीय दलको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । रमेश रिजाल संयोजक तथा गुरुराज घिमिरे, सुरेन्द्रराज पाण्डे सदस्य रहेको निर्वाचन समितिले संसदीय दलको नेता र संसदीय दलको कार्यसमितिको निर्वाचन तालिका सार्वजनिक गरेको हो । दलको नेताको चुनावमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरे संसदीय दलको विधान, २०७२ को धारा ५ को उपधारा ५ अनुसार पुन  निर्वाचन हुनेछ ।

सार्वजानिक गरिएको निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावली हिजो  अपरान्ह ४ः३० बजेका प्रकाशन गरिएको थियो भने मतदाता नामावली उपर दावी विरोध हिजै ४ः३० बजे देखि ५ः०० बजेसम्मका लागि छुट्टइएको थियो । निर्वाचन समितिले मतदाताको दावी विरोधमा जाँचबुझ गरी अन्तिम नामावली पनि हिजै ५ः ३०  वजे प्रकाशन गरेको छ ।  निर्वाचनका लागि मतदान केन्द्र नेपाली कांग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबार रहने निर्वाचन समितिले जनाएको छ ।  उम्मेदवारको लागि दरखास्त आव  विहान ९ः ०० बजे देखि १२ः ०० बजेसम्मका लागि तोकिएको छ । उम्मेदवारको प्रथम नामावली प्रकाशन आज नै दिउँसो १२ः ३० बजे  हुनेछ ।  उम्मेदवारको दरखास्त उपर दावी विरोध पनि आज दिउसो १२ः३० बजे देखि १ः०० बजेसम्मका लागि तोकिएको छ ।  

उम्मेदवारको दावि विरोधको जाँचबुझ गरी दोश्रो नामावली प्रकाशन आज  दिउसो १ः ३० बजेका लागि तोकेको छ । निर्वाचन समितिले उम्मेदवारले नाम फिर्ता लिने पनि आजै दिउँसो १ः३० बजे देखि २ः०० बजेसम्मको समय दिएको छ ।  उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै दिउँसो २ः ०० बजे हुनेछ भने संसदीय दलको नेताका लागि मतदान भोली अर्थात चैत्र २४ गते बुधबार विहान ११ः०० बजे देखि दिउँसो २ः०० बजेसम्मका  लागि तोकिएको छ । संसदीय दलको नेताको निर्बाचनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ ।

 

]]>