देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुद्ध एयरको विमानको आकस्मिक अवतरण

देशान्तर

विराटनगर । झापाको भद्रपुरबाट काठमाडौंँका लागि उडेको बुद्ध एयरको विमान आज १२ः४८ बजे यहाँको विमानस्थलमा आकस्मिक अवतरण गरियो । 

उक्त विमानको बायाँ तर्फको इन्जिन तातिएर इन्डिकेटरले गडबडीको सङ्केत गरेपछि विराटनगर विमानस्थलमा सुरक्षित अवतरण गरिएको नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख सुरेशमान सिंहले जानकारी दिए ।  

सो विमानमा चालक दलका चार सदस्य र दुईजना १० वर्ष मुनिका बालकसमेत गरी ६६ जना सवार थिए । 

विमान मर्मतका लागि काठमाडौँंबाट प्राविधिक टोली आइरहेको बुद्ध एयरको विराटनगर कार्यालयले जनाएको छ ।

]]>