काठमाडौं – नेपालका चर्चित आरोही कामीरिता शेर्पा २५ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला राख्न सफल भएका छन् । पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार उनले शुक्रबार साँझ २५औँ पटक सगरमाथा शिखर चुम्न सफल भएका हुन् ।
कामीरिताको सगरमाथा आरोहण संयोजन गरेको सेभेन समिट ट्रेक्सले पनि यसको पुष्टि गरेको छ । उनी जारी सिजनमा डोरीको सहयोगमा बाटो बनाउने टोलीको अगुवाइ गर्दै शुक्रबार साँझ ६ बजे सगरमाथा शिखरमा पुगेका हुन् ।
आचार्यका अनुसार बेलुकी ६ बजे कामीरिताको रोप फिक्सिङ टोली शिखरमा पुगेको हो । यो नै यस वर्ष सगरमाथामा पहिलो आरोहण पनि हो ।
प्रतिक्रिया