देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संसदको हिउँदे अधिवेशन अन्त्यको जनमोर्चाद्धारा विरोध

देशान्तर

काठमाडौँ – चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको जारी हिउँदे अधिवेशन अन्त्य गरेको प्रति विरोध गरेको छ । सो पार्टीका प्रवक्ता राम प्रकाश पुरीले आज जारी गरेको विज्ञप्तिमा संसद पुनस्र्थापना भए पनि ओली पुनस्र्थापित संसदको विरुद्ध रहँदै आएको आरोप लगाइएको छ ।

यस्तै संसद भंग गर्ने शर्तमा ओली अन्य शक्तिहरूको जुनसुकै शर्त मान्ने स्तरसम्म झरेको आरोप पनि जनमोर्चाले लगाएको छ । विद्यमान संसदप्रति ओलीको नकारात्मक दृष्टिकोणको परिणाम नै संसद अधिवेशनको अवधिभर संसदमा उठेका विषयहरुको जवाफ नै नदिई ओलीले संसद अधिवेशन अन्त्य गरेको पनि जनमोर्चाको आरोप छ ।