काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । हिजो बस्ने भनिएको बैठक स्थगित भएको थियो । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने तय भएको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमको समीक्षा, पार्टीको आगामी रणनीति, विपक्षी दलहरुसँगको सहकार्यलगायतका विषयमा छलफल गर्ने तयारी छ ।
हिजोका लागि बोलाइएको बैठकमा विपक्षी दल नेपाली कांग्रेससँग मिलेर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको निर्णय गर्ने तयारी गरिएकोमा सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेपछि बैठक स्थगित भएको थियो । आजको बैठकमा यसबारे पनि छलफल हुने तथा केन्द्रीय कमिटी बैठक बोलाउनेबारे पनि छलफल हुने माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।
प्रतिक्रिया