देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओली नेतृत्वको सरकारलाई हटाउने अन्तिम तयारीमा छौं : दाहाल

देशान्तर

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओली नेतृत्वको सरकारलाई हटाउने अन्तिम तयारीमा आफुहरु रहेको बताएका छन् । वाइसिएलको माडी नगर भेला एवं जनसभालाई सम्बोधन गर्दै दाहालले ओली सरकारको अन्त्यको अन्तिम तयारी भइरहेको भन्दै छिट्टै सहमतिमा पुगेर नयाँ सरकारको गठन हुने दाबि गरेका छन् ।

दाहालले चितवनबाट आजै काठमाडौँ फर्किएर राजनीतिक दलहरुसँग उच्च स्तरीय छलफल गर्ने समेत बताए । उनले भने, तपाईहरुले देख्नुभयो कर्णालीमा के भयो, गण्डकीमा के हुदै छ, लुम्बिनीमा के हुदै छ, म अहिले यति भन्न सक्छु केहि दिन भित्र नै केन्द्रमा पनि नयाँ कायापलट हुने छ ।

उनले नयाँ बन्ने सरकार जनपक्षीय सरकार बन्ने समेत बताएका छन् । अहिले दाहाल कमजोर भयो भन्दै लगातार प्रहार गरिएको भन्दै उनले काठमाडौँमा एकथरी मानिसहरुले लगातार आफूमाथि प्रहार गरिरहेको बताए । पछिल्लो समय जनताले देखाएको विश्वासले आफुलाई थप उर्जा प्राप्त भएको भन्दै प्रचण्डले रुकुम, सल्यान र सुर्खेतमा भएका सभाहरुले जनता माओवादीको साथमा रहेको पुष्टि भएको टिप्पणी गरेका छन् । ओलीले संघीय गणतन्त्र प्रचण्डले ल्याएको भन्ने बिझेर दाहाललाई सिध्याएमा यो सबै सकिने अड्कल गरेर आफुलाई सिध्याउन लागेको बताए ।

दाहालले सिंहदरबार भित्र चाहार्दै गर्दा शक्तिको केन्द्र रहेका उत्पीडित जनतालाई बिर्सेको जस्तो भएको भन्दै आफुले आत्मसमिक्षा गरेर फेरी नयाँ क्रान्ति गर्ने बताए । उनले आफु आफ्नो जीवनको उतरार्धमा रहेपनि बाचुन्जेल लडिरहने बताउदै शाहदत प्राप्त गरेका, घाइते भएका योद्धाहरुको बोझ आफ्नो टाउको रहेको बताए ।