देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पदमुक्त भए लगत्तै पुन: गृहमन्त्रीको शपथ लिँदै थापा

देशान्तर

काठमाडौं – राष्ट्रिय सभा सदस्यबाट बर्खास्त भएसँगै गृहमन्त्रीबाट पदमुक्त रामबहादुर थापाले आजै पुनर्नियुक्ति पाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार थापालाई आजै साँझ ५ बजे गृहमन्त्रीका रूपमा पद तथा गोपनियताको शपथ गराउने कार्यक्रम तय गरिएको छ । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले (ओली समूह) मा प्रवेश गरेका कारण नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि उनको राष्ट्रिय सभा–सदस्य पद खारेज भएको हो ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार आफू निर्वाचित पार्टी छाडेपछि सांसद पद पनि जाने प्रावधानअनुरूप पद खारेज गर्न माओवादी केन्द्रले सूचना गरेपछि संघीय संसदले उनलाई राष्ट्रिय सभाको सदस्य पदबाट हटाएको हो । योसँगै मन्त्री पद पनि स्वतः समाप्त हुने प्रावधान छ । तर सांसद नरहे पनि प्रधानमन्त्रीले ६ महिनासम्मका लागि मन्त्री पदमा भने पुनः नियुक्ति दिन सक्ने संवैधानिक व्यवस्था छ । सोही बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई फेरि गृहमन्त्री पदमा पुनर्नियुक्ति दिने भएका हुन् ।