काठमाडौं – नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित भइ हाल एमालेमा गएका ४ सांसद निलम्बनमा परेका छन् । माओवादी केन्द्रले एमालेमा गएका ४ सांसदहरुलाई पत्र पठाउँदै कारवाही गरेको हो ।
मंगलवार प्रतिनिधि सभाका ४ जना सदस्यहरुलाई पार्टीबाट निलम्बन गरिएको पत्र संघीय संसद सचिवालयमा दर्ता भएको छ । पार्टी पूर्ववत् रुपमा फर्किएपनि एमालेमा नै बसेका टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभू साह र गौरीशंकर चौधरीलाई माओवादी केन्द्रले कारवाही गरेको सचिवालयले जनाएको छ ।
एमालेमा नै बसेका चारै जना सांसदहरुलाई पार्टीले स्पष्टीकरण सोधेको थियो । जसमध्ये रायमाझी, भट्ट र चौधरीले स्पष्टीकरण नै नदिएको र साहले पठाएको स्पष्टीकरण पत्र चित्त नबुझेको पत्रमा जनाइएको छ ।
प्रतिक्रिया