काठमाडौं – व्यवसायी किशोर प्रधान सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनलाई सञ्चालक समितिको सदस्यको जिम्मेवारी दिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
प्रधानले भने आफ्नो हातमा पत्र आइनसकेको बताएका छन् । ‘मलाई उचित जिम्मेवारी दिइन्छ भनिएको थियो, तर सञ्चालक समिति सदस्यको विषयमा पत्र आएको छैन,’ प्रधानले भने ।प्रधानलाई प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका थिए ।
यसअघि नेपाली कांग्रेसको पृष्ठभूमिमा रहेका उनी नेपाल उद्योग वाणिज्य महासंघमा अघिल्लो निर्वाचनमा शेखर गोल्छा र अहिलेको निर्वाचनमा चन्द्र ढकालसँग वरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए ।
प्रतिक्रिया