देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार लकडाउन गर्ने मनस्थितिमा छैन : स्वास्थ्यमन्त्री त्रिपाठी

देशान्तर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ लाई सम्बोधन गर्दै मन्त्री त्रिपाठीले नेपाल अब फेरी लकडाउनमा नजाने बताएका हुन् ।

कार्यक्रममा मन्त्री त्रिपाठीले लकडाउनले कोरोना नियन्त्रण गर्न कम हुने भए पनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको बताए । उनले नेपाल फेरि पनि लकडाउनको अवस्थामा जाओस् भन्दै लकडाउनभन्दा अगाडि जति महत्वपूर्ण र प्रभावकारी कदमहरू छन्, सरकार ती सबै कदमहरू चाल्न तयार रहेको बताए ।

उनले भने, ‘हाम्रो छिमेकमा सबैतिर बढ्दो स्थिति भएको हुनाले हामी त्यसको लागि सतर्क छौं । आतंकित हुनुपर्ने अवस्था छैन। आतंकित हुनु भनेको यो संक्रमणलाई झन् थप्नु हो । सावधानी हुनुपर्छ, सतर्क हुनुपर्छ ।’उनले सीमा नाकामा एन्टिजेन परीक्षण सुरू गरेको जानकारी दिदै नाकामा आइसोलेसन र क्वारेन्टिन निर्माण गर्ने काम भइरहेको बताए ।