काठमाडौँ – नेकपा एमालेका नेता माधवकुमार नेपालले आफुहरु केपी ओली भन्दा भिन्न रहेको बताएका छन् । बागमती प्रदेशको समानान्तर कमिटी घोषणा र शपथग्रहण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओली भन्दा भिन्न रहेको भन्दै आफुहरुको लडाई विचारको लडाई भएको हुन् ।
नेता नेपालले आफ्नो पद जोगाउन ओलीले पार्टीको बलिदान दिएको बताउदै पार्टीको विधि भत्काउने काम गरेको बताए । आफुहरुले ओलीको मनपरीतन्त्रको विरोध गरेको बताउदै देशभरका कार्यकर्तासँग परामर्श गरेर अगाडी बढेको नेता नेपालले बताए । आफु पक्षका कार्यकर्तालाई जिल्ला जिल्लामा अपमान गरिएको बताउदै नेता नेपालले ओली पक्षका नेताहरुले पार्टीको टिकट नदिने, दिन बाध्य भए चुनावमा हराउने प्रयास गर्ने गरेको आरोप लगाए । अध्यक्ष ओली र उनका मान्छेहरुले आफुहरु प्रति नवौ महाधिवेशनपछि अत्याचार नै गरेको बताउदै मदन भण्डारी फाउन्डेसनको नाममा पार्टीमा गुटबन्दी गरेको बताए ।
अहिले देश र जनताले अध्यक्ष ओलीको ताण्डव हेरिरहेको बताउदै आफुहरुको पनि अहिले अग्निपरीक्षा भएको बताए । उनले अहिले ओलीले देखाएको लोभ लालचमा पर्नेकी सत्यको पक्षमा लाग्ने भन्ने परीक्षामा सबै नेता कार्यकर्ता रहेको बताए । उनले भोली निर्वाचन आयोगले ओली नै आधिकारिक अध्यक्ष हुन् भन्यो भने त्यस अवस्थामा आफुहरुले त्यसको टुंगो लगाउने बताउदै नेता नेपालले नेता कार्यकर्ताहरुलाई ओलीविरुद्ध एकताबद्ध हुन आग्रह गरेका छन् ।
एमालेको नेपाल(खनाल पक्षले बागमती प्रदेश समानान्तर कमिटी घोषणा गरेको छ । देशभर समानान्तर गतिविधि गर्दै आएको नेपाल–खनाल पक्षले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा १७५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको हो । कमिटीको सह(संयोजकमा केदार न्यौपाने, अरुण न्यौपाने र पशुपति चौलागाई रहेका छन् ।
त्यस्तै सदस्यमा सदस्यमा पेम्बा तामाङ, टोपबहादुर वाइबा, बसन्त मानन्धर, विष्णु देवकोटा, विष्णु लोहनी, रामप्रसाद अधिकारी, हरि प्रसाद शर्मालगायत रहेका छन् । समानान्तर कमिटी घोषणा कार्यक्रममा १७५ सदस्यीय कमिटीमध्ये १० जना पछि थप गर्ने जानकारी दिइएको छ । कमिटीका सबै सदस्यले आजै शपथग्रहण गरेका छन् ।
प्रतिक्रिया