देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

छोरी बेच्ने र बलात्कार गर्न खोज्ने पक्राउ

देशान्तर

मलेखु । आफ्नै छोरीलाई ललाइफकाइ दलालको हातमा बिक्री गर्न लागेका नुवाकोट जिल्ला उर्लेनी बस्ने ४८ वर्षीय एक जनालाई प्रहरीले पक्राउ गरी मङ्गलबार साँझ जिल्ला अदालतमा पेस गरेको छ । 

झापा जिल्ला दमक नगरपालिका–११ का ४३ वर्षीय प्रकाशकुमार आचार्यसहितलाई प्रहरीे पक्राउ गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जीयारले जानकारी दिए ।  

आचार्यमार्फत विदेश बेच्न लान लागेको आशङ्कामा धादिङको नौबिसेबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दियो । अभियुक्त दुवैलाई मानव बेचबिखनअन्तर्गत मुद्दा चलाइने प्रहरीे जनाएको छ । 

यसैगरी ४ वर्षीया एक धर्मपुत्रीलाई बलात्कार गरेको आरोपमा कुम्पुर गाविस–४ का ४८ वर्षीय एक जनालाई मङ्गलबार प्रहीले पक्राउ गरेको छ । 

पटकपटक बलात्कार गरेकोे पीडित बालिकाले आमालाई भनेपछि अभियुक्त बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालये जानकारी दिएको छ । 

अभियुक्त बाबुलाई बलात्कार गरेको अभियोगमा मुद्दा चलाउने प्रहरीले जानकारी दिएको छ । 

]]>