देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्राफिक जरिवाना बढाएको विरोधमा उपत्यकामा चक्काजाम

देशान्तर

काठमाडौं । ट्राफिक जरिवाना बढाएको विरोधमा आज विभिन्न यातायत व्यवसायी र मजदुरहरुले उपत्यकामा सवारी साधन चलाएका छैनन् । बढाएको ट्राफिक जरिवाना संशोधन गर्नुपर्ने मागसहित उनीहरुले आज उपत्यकामा सवारी साधन ठप्प पारेका हुन् ।

उनीहरुको आन्दोलनका कारण उपत्यकामा सार्वजनिक यातायतका साधन संचालनमा आएका छैनन भने मोटरसाइकल र कार नीजि सवार साधन  सडकमा कुदिरहेका छन्। नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र अखिल नेपाल क्रान्तिकारी मजदुर संघ  लगायतका ८ वटा संस्था संयुक्त रुपमा जेठ १३ गते मुलुकभरका आफ्ना सवारीसाधन ग्यारेजमा थन्क्याएर सडकमा उत्रिएका हुन्। उनीहरुले यसअघि जेठ २ गते जरिवाना रसिदको अवज्ञा , जेठ १० गते देशव्यापी माइकिङ र पर्चा वितरण, ११ गते बसपार्कहरुमा विरोध सभा गरेका थिए। नयाँ ट्राफिक जरिवाना जेठ १ गतेबाट लागू भएको छ।

यसैबीच काठमाडौं प्रहरीक अनुसार चावहिलमा २ वटा ट्याक्सीमाथी तोडफोड भएको छ।  काठमाडौंका विभिन्न स्थानबाट ६० जनाभन्दाबढीलाई पक्राउ गरिएको छ। ललितपुरबाट पनि १६ जना पक्राउ गरिएको डिएसपी इश्वर कार्कीले बताए। लगनखेल र एकान्तकुनाबाट उनीहरुलाई पक्राउ गरिएको हो।

]]>