देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री केपी ओली रक्षात्मक अवस्थामा गइसके : प्रचण्ड

देशान्तर

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणहिटी संग्राहलय अगाडि ३५ हजार पनि मानिस सहभागी नभएपछि प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक अवस्थामा गइसकेको बताएका छन् ।

आफू निकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले समूह समूहले धाकधक्कु लगाए पनि जनताले साथ नदिएको बताए । ‘केपी ओली रक्षात्मक हुनेतिर गइसके । उनीहरुको डिफेन्सिभ हुने वातावरण बनिसक्यो । अस्ति धाकधक्कु मात्रै धेरै लगाए’, प्रचण्डले भने । तर, माघ २८ मा राजधानीमा एकताबद्ध भएर जनप्रदर्शन हुने उनले बताए ।

संसद् विघटन गरेर प्रतिगमनको बाटो रोजेपछि केपी ओली हार्न पुगेको प्रचण्डले बताए । आफूले पार्टी एकता बचाउन पाँचै वर्ष प्रधानमन्त्री छोडे पनि ओली समूहले पदको लडाइँ भनेर बद्नाम गराउन खोजेको पनि उनले बताए ।