देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकारको गलत कदमको विरुद्ध काँग्रेस उभिन्छः सिंह

देशान्तर

रौतहट । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले संसद्मा नेपाली काँग्रेसले जिम्मेवार प्रतिपक्षीको हैसियतले सरकारको गलत कदमको विरुद्ध उभिने बताएका छन् ।  

नेपाली काँग्रेस चन्द्रपुर नगर समितिद्वारा आज आयोजित कार्यकर्ता भेलामा उनले सरकारले हालै ल्याएको बजेट चर्चामुखी मात्रै भएको र त्यसलाई कार्यान्वयनमा लान नसकिने भनी आलोचना गरे ।  

सरकारले ल्याएको बजेट महत्वाकाङ्क्षी भएको उनको भनाइ थियो । 

नेता सिंहले काँग्रेसलाई एकताबद्ध र सङ्गठित गर्दै क्रियाशील बनाउनु आजको आवश्यकता भएकाले त्यसका लागि गाउँ गाउँमा गएर काम गर्न कार्यकर्ताहरुलाई आग्रह गरे ।  

]]>