देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सांसदको सुविधा बढाउन सिफारिस, ८५ देखि ९० हजारको हाराहारीमा प्रस्तावित

देशान्तर

काठमाडौं ।  संसद् सचिवालयले सांसदहरूको सेवा–सुविधा बढाउने प्रक्रिया सुरु गरेको छ । सरकारले बजेट वक्तव्यमार्फत वृद्धि गरेको कर्मचारीको २५ प्रतिशत पारिश्रमिक स्वतस् सांसदहरूको समेत बढ्नेछ । त्यही अनुपातमा घरभाडा, सञ्चार, मसलन्दलगायत सुविधा थपिने भएको हो । बैठक भत्ता र यातायात खर्च भने झन् भारी मात्रामा बढाइँदैछ । मासिक पारिश्रमिक र सुविधा गरी ५६ हजार २ सय २८ पाउँदै आएका सांसदहरूले प्रस्तावित पुनरावलोकनपछि मासिक ८५ देखि ९० हजारको हाराहारीमा पाउने छन् । त्यसका अतिरिक्त बैठक बसेको दिन यातायात खर्च १ हजार र बैठक भत्ता १ हजार ५ सय रुपैयाँ थप दिइनेछ ।

यतिन्जेल १ सय ५० रुपैयाँ यातायात खर्च र २ सय रुपैयाँ बैठक भत्ता थियो । सदहरूको सेवा–सुविधा पुनरावलोकनसम्बन्धी सुझावका लागि एमाले प्रमुख सचेतक भानुभक्त ढकाल नेतृत्वको सात सदस्यीय समितिले आइतबार सभामुख ओनसरी घर्तीसमक्ष प्रतिवेदन बुझाएको छ । समितिमा कांग्रेस, माओवादी केन्द्र, राप्रपा नेपाल, संघीय समाजवादी फोरम, फोरम (लोकतान्त्रिक) र राप्रपाका प्रमुख सचेतक सदस्य थिए । सभामुखले सरकारलाई पठाउने तयारी भएको उक्त प्रतिवेदनमा सुविधा वृद्धिका लागि प्रस्तावित रकम गोप्य छ ।

समितिको सिफारिस जस्ताको तस्तै कार्यान्वयन भएमा सांसदहरूले मासिक ५५ हजार रुपैयाँ पारिश्रमिक, २३ हजार ७०० रुपैयाँ घरभाडा, धारा–बिजुलीबापत २ हजार, सञ्चार (टेलिफोन, इन्टरनेट, पत्रपत्रिका) का लागि ५ हजार, मसलन्द २ हजार र विशेषभत्ता एक हजार गरी मासिक ८८ हजार ९ सय २५ रुपैयाँ ९कर कट्टा नगर्दा० एकमुष्ट पाउने छन् । यसका अतिरिक्त दैनिक बैठक भत्ता १ हजार ५ सय र यातायात खर्च १ हजार रुपैयाँको हाराहारी पुग्ने छ । कान्तिपुर दैनिकमा समाचार छ । 

]]>