देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानमन्त्री कप क्रिकेट : गण्डकी प्रदेशको टिमको घोषणा

देशान्तर

काठमाडौं – प्रधानमन्त्री कप क्रिकेटको लागि गण्डकी प्रदेशको टिमको घोषणा गरेको छ । गण्डकी प्रदेशले प्रतियोगिताको लागि १४ सदस्सीय टिमको घोषणा गरेको हो । विपिन खत्रीको कप्तानीमा गण्डकीले टिमको घोषणा गरेको हो । टिमको उपकप्तानमा अशोक श्रेष्ठ, दिपेश खत्री, चन्द्रकान्त पौडेल, अमृत गुरुङ, राहुल उपाध्याय, दिपक डुम्रे,अविशेक थापा, सुवास भण्डारी, समीर कँडेल,अर्जुन कुमाल,विशाल पौडेल,विष्णु पाण्डे र दिनेश बुढा मगर रहेका छन् ।

यस्तै टिमको वैकल्पिक खेलाडीमा मिलान लुइँटेल, विज्ञान गौतम, सन्देश बस्नेत र कमल परियार रहेका छन् । टिमको प्रशिक्षकमा रिजन प्रजु रहेका छन् । टिम म्यानेजरमा चन्द्र कुमार गुरुङ छन् । पुरुष प्रधानमन्त्री कप क्रिकेट माघ २ गतेबाट टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ । प्रतियोगितामा ३ विभागिय टोली सहित ७ प्रदेशको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।

समूह ए मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश-१ र कर्णाली प्रदेश रहेका छन् । समूह बी मा नेपाल पुलिस क्लब,बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश-२ र सुदूरपश्चिम प्रदेश रहेका छन् । उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेशबीच टियु मैदानमा प्रतिस्पर्धा हुनेछ ।