देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पहिरोमा पुरिएर ताप्लेजुङमा दुईको मृत्यु, दुई घाइते

देशान्तर

ताप्लेजुङ । अविरल वर्षापछि आएको पहिरोले घर पुर्दा ताप्लेजुङमा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा ताप्लेजुङ नगरपालिका ८ निवासी चार वर्षीय अंशु तामाङ र तीन वर्षीय अमृत तामाङ रहेका छन् । आज विहान करिव २ वजेको समयमा माथीबाट झरेको पहिरोले घरको तल्लो तला भत्काएको र सोही तलामा सुतिरहेका बालबालीकाको  पुरिएर ज्यान गएको ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए ।

केसीका अनुसार मृतक बालबालिकाकी आमा ३० वर्षीय सिता तामाङ र दिदी १२ वर्षीय अस्मिता तामाङ घाइते भएका छन् । उनीहरुको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । यता,  मेची राजमार्ग अन्तरगत दोखुमा पर्ने ल्याङ्बा सडकखण्ड पहिराका कारण अबरुद्ध भएको छ ।

अविरल वर्षाका कारण गएराति झरेको पहिरोले सडकको केही भाग पुरिएको र अहिले स्काभेटरको सहायतामा पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । सो पहिरोका कारण ताप्लेजुङबाट बाहिरिने र अन्य जिल्लाबाट भित्रने  सवारीसाधन वीचमै अलपत्र परेका छन् । मध्य राती देखि ताप्लेजुङमा लगातार वर्षा भईरहेका कारण पहिरोको जोखिम बढेको भन्दै स्थानियबासी त्रसित भएका छन् ।

]]>