काठमाडौँ – अस्ट्रेलियामा जारी बिग बाश लिग अन्तर्गत होबार्ट हुरीक्यान्सले एक रनको सनसनीपूर्ण जित हासिल गरेको छ । बुधबार सम्पन्न खेलमा हुरीक्यान्सले ब्रिसबेन हीटलाई एक रनले पराजित गरेको हो ।
हुरीक्यान्सले दिएको १५१ रनको लक्ष्य पछाएको ब्रिसबेनले २० ओभरमा ८ विकेट गुमाउदै १४९ रन बनाएको थियो । अन्तिम ओभरमा जितका लागि ७ रन आवश्यक भएकोमा ब्रिसबेनले ५ रन बनाएर अन्तिम बलमा विकेट गुमाउन पुगेको थियो । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको हुरीक्यान्सले १९.४ ओभरमा अल आउट हुदै १५० रन बनाएको थियो ।
योसँगै हुरीक्यान्सले लिगमा ६ खेलमा चौथो जित हासिल गरेको छ । हुरीक्यान्स अहिले ६ खेलमा १५ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै ब्रिसबेनको ५ खेलमा ५ अंक रहेको छ र लिगमा छैठौ स्थानमा रहेको छ ।
त्यस्तै बिग बाशमा हुरीक्यान्सबाट खेल्न लागेका सन्दीप लामिछाने अहिले अस्ट्रेलियामा क्वारेन्टाइनमा रहेका छन् भने उनको क्वारेन्टाइन अवधि विहिबार सकिदै छ । क्वारेन्टाइन अवधि सकिएसँगै सन्दीप अब हुरीक्यान्सको २ जनवरीमा मेलवर्न स्टार्सविरुद्धको खेलका लागि उपलब्ध हुने भएका छन् ।
प्रतिक्रिया