देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पेसागत महासङ्घको महाधिवेशन असार ३ देखि

देशान्तर

काठमाडौँ  । पेसागत महासङ्घ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशन यही असार ३ देखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ ।  महासङ्घले  पत्रकार सम्मेलनको आयोजना गरी प्रत्येक चार वर्षमा राष्ट्रिय महाधिवेशन गर्नुपर्ने प्रावधानअनुसार ‘स्वाधीन अर्थतन्त्र र समृद्ध जीवनका लागि गुणस्तरीय सेवा र जिम्मेवार टे«ड युनियन’ भन्ने मूल नाराका साथ महाधिवेशन गर्न लागिएको जानकारी दिएको छ । महासङ्घका महासचिव शिवकुमार अधिकारीका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनमा महासङ्घमा आबद्ध २५ राष्ट्रका घटक, ४७ वटा प्रतिष्ठानस्तरका टे«ड युनियन र महासङ्घका ५७ जिल्लाबाट ८०० भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने छ ।

त्यसैगरी विदेशी पाहुनाका रुपमा इजिप्ट, भियतनाम, मलेसिया, भारत, पाकिस्तान बङ्गलादेश, श्रीलङ्कालगायत मुलुकको २० भन्दा भढी अन्तर्राष्ट्रिय टे«ड युनियनका नेता सहभागिता हुनेछन् ।  कृषिको विकास र आधुनिकीकरण, ऊर्जा, खनिजलगायत प्राकृतिक स्रोत साधनको उपयोग, पर्यटन विकास र स्वदेशी उत्पादनमा जोड दिँदै तीव्ररुपमा औद्योगिकरण, राष्ट्रिय बचत परिचालन र प्रगतिशील कर प्रणालीका माध्यमद्वारा राष्ट्रिय पुँजीको विकास, गुणस्तरीय सेवा प्रवाह र आर्थिक समृद्धिका लागि चालिनुपर्ने कदमबारे महाधिवेशनले उचित निष्कर्ष निकाल्ने महासङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

महाधिवेशनले प्रादेशिक साङ्गठानिक संरचनासहितको विधान संशोधन प्रस्तावसँगै आगामी चार वर्षका लागि नयाँ नेतृत्वको समेत चयन गर्नेछ । महाधिवेशनको उद्घाटन ३ गते प्रधानमन्त्रीले गर्ने कार्यक्रम रहेको छ । 

]]>