देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वर्तमान सरकारमा काँग्रेस सहभागी हुदैनः देउवा

देशान्तर

नेपालगन्ज। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारमा आप्mनो दल सहभागी नहुने स्पष्ट पारेका छन् ।  

प्रेस युनियन, बाँकेद्वारा आज आयोजित पत्रकार भेटघाटका अवसरमा उनले भने,“काँग्रेसको पहिलो प्राथमिकता संविधानको सफल कार्यान्वयन भएकाले सरकारमा जान हामीलाई हतार छैन ।” 

सरकारले भनेजस्तो स्थानीय निकायको संरचनासम्बन्धी आयोगको म्याद नै आगामी फागुनसम्म रहेकाले मङ्सिरमा स्थानीय निकायको निर्वाचन गर्न सम्भव नभएको बताए ।  

सरकारले मङ्सिरमा चुनाव गरायो भने काँग्रेस निर्वाचनमा सहभागी हुन्छ कि हुँदैन रु भनी पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनको भनाइ थियो—‘कि सरकारले निर्वाचनसम्बन्धी आयोग खारेज गर्नु प¥यो कि निर्वाचनको मिति सार्नु प¥यो, अनि मात्र चुनावको औचित्य पुष्टि हुन्छ ।’ 

अर्को एक प्रश्नको जवाफमा उनले संविधानको सफल कार्यान्वयन तब मात्र सम्भव छ जब स्थानीय निकाय, प्रदेश र राष्ट्रिय निर्वाचन हुन्छ ।   

सभापति देउवाले मधेसी मोर्चा र आन्दोलनमा रहेका अन्य घटकसँग सरकारले औचित्यपूर्ण वार्ता गर्न सुझाव दिँदै त्यसमा आप्mनो दलको समन्वयकारी भूमिका रहने पनि प्रष्ट पारे । 

]]>