देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साग सम्पन्न भएको १ वर्षपछि खर्च सार्वजनिक

देशान्तर

काठमाण्डाै –  दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता सम्पन्न भएको १ वर्षपछि बल्ल खर्च विवरण सार्वजनिक भएको छ । सागमा खेलकुदतर्फ १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ खर्च भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्ने घोषणा गरेको राखेपले एक वर्षपछि सार्वजनिक गरेको हो ।

सागको लागि पूर्वाधार निर्माणमा २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैयाँ खर्च भएको राखेपका सदस्यसचिव रमेश कुमार सिलवालले बताउनुभयो । साग प्रतियोगिताको उद्घाटन र समापन समारोहमा मात्रै ११ करोड ५९ लाख ८८ हजार रुपैयाँ खर्च भएको छ । यस्तै पदक विजेता खेलाडी, प्रशिक्षकहरु र सहभागि राष्ट्रिय संघहरुलाई नेपाल सरकारको तर्फबाट २२ लाख ७६ करोड बराबरको पुरस्कार रकम वितरण गरिएको पनि उनले बताए। राखेपले १ अर्ब ३७ करोड २७ लाख ९४ हजार ४ सय २३ रुपैयाँ आम्दानी भएको जनाएको छ । सदस्य सचिव सिलवालले प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्ने घोषणा गरिएपनि काठमाण्डौ, जनकपुर र पोखराबाट समयमा सम्पूर्ण हिसाबकिताब आउन नसकेका कारण सम्भव नभएको बताए ।

सदस्य सचिव सिलवालका अनुसार ३ करोड ५५ लाख ७१ हजार १३७ रुपैयाँ बैंकमा रहेको छ भने १ करोड ९३ लाख ८० हजार २२४ रुपैयाँ भने फ्रिज भएको छ । यस्तै होटल बसोबासमा १३ करोड ५९ लाख, ६७ हजार ६ सय ८३ रुपैयाँ खर्च भएको छ । खेल सामग्री व्यवस्थापनमा २८ करोड २२ लाख, ८३ हजार रुपैयाँ, राष्ट्रिय टीम व्यवस्थापनमा ३० करोड ८० लाख, ८१ हजाररुपैयाँ खर्च भएको छ ।यस्तै सचिवालय खर्च काठमाण्डौमा ६ करोड ७४ लाख, ५६ हजार, पोखरामा ७ करोड, ६२ लाख, ९८ हजार र जनकपुरमा ८० लाख ३७ हजाररुपैयाँ खर्च भएको छ ।