देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टी-२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिजविरुद्ध न्युजील्याण्ड विजयी

देशान्तर

काठमाडौँ – न्युजील्याण्डले टी-२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिजलाई ५ विकेटले पराजित गरेको छ । बर्षाले प्रभावित खेलमा वेस्टइन्डिजले दिएको १७६ रनको लक्ष्य पछाएको न्युजील्याण्डले १५.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको छ ।

बर्षाले खेल १६-१६ ओभरमा झारिएको थियो । न्युजील्याण्डको जितमा जेम्स नीशामले अविजित ४८ रन बनाए भने डेभोन कोनवेले ४१ रन बनाए भने मिचेल सान्टनरले अविजित ३१ रन बनाए । त्यस्तै ग्लेन फिलिपले २२, टिम सेइफेर्टले १७ रन बनाए ।

वेस्टइन्डिजका बलर उसमान थोमसले २ विकेट लिए भने शेल्डोन कोटरेल र केरन पोलार्डले एक एक विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको वेस्टइन्डिजले १६ ओभरमा ७ विकेट गुमाएर १८० रन बनाएको थियो । वेस्टइन्डिजका लागि केरन पोलार्डले ३७ बलमा ७५ रन बनाएका थिए भने आन्द्र फ्लेचरले ३४, फाबियन एलेनले ३० रन बनाएका थिए ।

न्युजील्याण्डका बलर लुकी फर्गुसनले ५ विकेट लिए भने टिम साउथीले २ विकेट लिएका थिए ।न्युजील्याण्ड टुरमा रहेको वेस्टइन्डिजले तीन खेलको टी-२० सिरिज र २ खेलको टेस्ट सिरिज खेल्दै छ ।