देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रिय क्रिकेट टिमका कप्तान मल्लसहित तीन खेलाडीलाई कोरोना संक्रमण

देशान्तर

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडी र एक स्टाफलाई कोरोना संक्रमण भएको छ । नेपाल क्रिकेट संघले मंगलबार संकलन गरिएको स्व़ाबको परिक्षणबाट कप्तान मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र खेलाडी रोहित कुमार पौडेललाई पोजेटिभ देखिएको जानकारी दिएको छ ।

त्यस्तै स्टाफ सदस्य प्रदीप लामालाई पनि पोजेटिभ देखिएको क्यानले जानकारी दिएको छ । क्यानले बन्द प्रशिक्षणका लागि खेलाडीको कोरोना परिक्षणका लागि मंगलबार गरेको स्व़ाब संकलनपछिको परिक्षणमा पोजेटिभ देखिएको हो ।

तीन खेलाडीलाई कोरोना संक्रमण भएपछि क्यानले पाँच खेलाडीलाई बन्द प्रशिक्षणका लागि थपेको जानकारी दिएको छ । थप गरिएका खेलाडीमा बिक्रम सोब, अनिल शाह, कुशल भुर्तेल, रीत गौतम र लोकेश बम रहेका छन् ।