देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बेल्जियम यूईएफए नेसन्स लिगको अन्तिम चारमा

देशान्तर

एजेन्सी – बेल्जियम यूईएफए नेसन्स लिग फुटबलको अन्तिम चारमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा बुधबार राति डेनमार्कलाई ४-२ गोल अन्तरले पराजित गर्दै बेल्जियमले नेसन्स लिगको अन्तिम चारमा स्थान बनाएको हो । रोमेलु लुकाकुले दुई गोल गरेपछि बेल्जियमले डेनमार्कलाई सहजै हराएको हो । घरेलु मैदानमा युरी टेलिमान्सले तेस्रो मिनेटमै गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए ।

तर, खेलको १७ औं मिनेटमा डेनमार्कका जोनास विन्डले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । खेलको ५६ औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २(१ को अग्रता दिलाए । ९६ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दा बेल्जियम ३-१ ले अघि रह्यो ।

खेलको ८६ औं मिनेटमा बेल्जियममा नासिर चाड्लीले आत्मघाती गोल गर्दा खेल ३-२ को अवस्थामा पुग्यो । त्यसपछि खेलको ८७ औं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै बेल्जियमलाई ४-२ को जित दिलाए । जितसँगै लिग ए को समूह बीको बेल्जियमले ६ खेलमा १५ अंक जोडेर प्रतियोगिताको अर्को चरणमा स्थान बनाएको हो । बेल्जियमले अब फाइनल्स चरणमा फ्रान्स, इटाली र स्पेनसँग खेल्नेछ । फाइनल्स चरणका खेल २०२१ को अक्टोबरमा हुनेछ । डेनमार्क भने ६ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा रह्यो ।