काठमाडौँ – बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम आज त्यसतर्फ प्रस्थान गर्दैछन् । २५ खेलाडीसहित ३४ सदस्सीय नेपाली टिम बिहान बंगलादेश प्रस्थान गर्ने छन् । नेपाली टिम बिहान पौने १० बजे बंगलादेश प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ एन्फा ले जनाएको छ । नेपाली टोलीलाई एन्फाले बुधबार नै विदाई गरिसकेको छ ।
नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन ।
प्रतिक्रिया