देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोलकोतामाथि किंग्स इलेभेन पञ्जाबको ८ विकेटको जित

देशान्तर

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत किंग्स इलेभेन पञ्जाबले कोलकोता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ । कोलकोताले दिएको १५० रनको लक्ष्य पछाएको पञ्जाबले १८।५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

पञ्जाबको जितमा मनदीप सिंह र क्रिस गेलले अर्धशतक बनाएका थिए । मनदीपले अविजित ६६ रन बनाए भने क्रिस गेलले ५१ रन बनाए । त्यस्तै कप्तान केएल राहुलले २८ रन बनाएर आउट भएका थिए भने निकोलस पुरनले अविजित २ रन बनाए । कोलकोताका लागि एक विकेट वरुण चक्रवर्तीले लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ९ विकेट गुमाउदै १४९ रन बनाएको थियो । कोलकोताका लागि शुभमन गिलले ५७ रन बनाए भने कप्तान इयोन मोर्गनले ४० रन बनाए । त्यस्तौ लुकी फर्गुसनले २४ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पञ्जाबका बलर मोहमद सामीले ३ विकेट लिए भने क्रिस जोर्डन र रवी विश्नोईले २-२ विकेट लिए । त्यस्तै मुर्गन आश्विन र ग्लेन म्याक्सवेलले एक(एक विकेट लिए । यो जितपछि पञ्जाबले १२ खेलमा छैठौ जित हासिल गरेको छ । पञ्जाब १२ अंकसहित चौथो स्थानमा उक्लिएको छ । त्यस्तै कोलकोता १२ खेलमा छैठौ हार बेहोरेको छ ।