देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपीएल : पञ्जाबद्वारा हैदराबाद १२ रनले पराजित

देशान्तर

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा गए राति सम्पन्न दोस्रो खेलमा किंग्स इलेवेन पञ्जाबले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ। सम्पन्न खेलमा पञ्जाबले हैदराबादलाई १२ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङ सम्हालेको पञ्जाबले निर्धारित २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १२६ रन बनाएको थियो । हैदराबादका सन्दिप शर्मा, जेसन होल्डर र राशिदल खानले समान २–२ विकेट लिएका थिए ।

१२७ रनको लक्ष्य पछ्याएको हैदराबादले अन्तिम बल बाँकी रहँदै ११४ रनमै विकेट गुमायो।
हैदराबादका कप्तान डेबिड बार्नर र विजय शंकरले क्रमशः ३५ र २६ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । पञ्जाबका लागि अर्शदिप सिंह र क्रिस जोर्डनले समान ३–३ विकेट लिए। जितसहित १० अंक बनाएको पञ्जाब अंक तालिकाको पाँचौ स्थानमा छ। त्यस्तै पराजित हैदराबाद ८ अंकका साथ छैटौं स्थानमा छ।