देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपीएल : मुम्बई शीर्ष स्थानमा, चेन्नई प्रतियोगिताबाट बाहिरियो

देशान्तर

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ । चेन्नई सुपर किग्ङ्स भने प्रतियोगिताबाट बाहिरिएको छ । आईपीएलको इतिहासमा पहिलो पटक चेन्नई लिग चरणबाट नै बाहिरिएको हो ।

राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११४ रन बनाउन सक्यो । १ सय १५ रनको लक्ष्य पाएको मुम्बईले १२ ओभर २ बलमा विना विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

जीतसँगै मुम्बईको १० खेलमा १४ अंक भएको छ । दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लाेरको पनि १४ अंक नै भए पनि रन रेटका आधारमा मुम्बई लिगको शीर्ष स्थानमा पुगेको हो ।