देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एभर्टनको लगातार तेस्रो जित

देशान्तर

काठमाडाैँ – इंग्लिस प्रिमियर लिगमा एभर्टनले लगातार तेस्रो जित दर्ता गरेको छ । यो सिजनमा एभर्टनले सफल यात्रा सुरु गरेको हो । शनिबार राति आबे मैदानमा भएको खेलमा एभर्टनले  क्रिष्टल प्यालेसमाथि २-१ को जित दर्ता गरेको हो ।

खेलको १० औँ मिनेटमा डोमिनिक काल्भर्ट लेविनको गोलबाट अग्रताता लिएको एभर्टनमाथि २६ औं मिनेटमा क्रिष्टल प्यालेसका चोइखो कुयाटेले गोल गरे । त्यसपछि १९ मिनेटसम्म बराबरी खेलेको एभर्टनले ४० औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै अग्रता निश्चित गर्यो । एभर्टनका लागि पेनाल्टीको सदुपयोग रिचार्लिसनले गरेका थिए ।

पहिलो हाफमा २-१ ले अगाडि रहेको एभर्टन र क्रिष्टलबीच दोस्रो हाफमा गोल हुन सकेन । यो सिजनमा लगातार तीन जित निकाल्दै एभर्टन ९ अंकसहित शीर्ष स्थानमा छ ।