देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपीएल : दिल्लीको लगातार दोस्रो जित, चेन्‍नई ४४ रनले पराजित

देशान्तर

दुबई – दक्षिण अफ्रिकी तीब्र बलरद्वय एनरिच नोर्टजे र कागिसो राबाडाले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार चेन्नई सुपर किंग्सलाई ४४ रनले पराजित गरेको छ ।

नोर्टजेले ४ ओभरमा २० रनमात्र खर्चेर २ तथा राबाडाले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिएपछि १ सय ७६ रनको लक्ष्य पाएको चेन्नईले ७ विकेट गुमाई १ सय ३१ रनमात्र बनाउन सक्यो । गत वर्षको उपविजेतामाथिको जितसँगै दिल्ली शीर्षस्थानमा उक्लिएको छ ।

दिल्लीको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको चेन्नई पछिल्लो खेलमा राजस्थान रोयल्ससँग १६ रनले पराजित भएको थियो । दिल्लीले पहिलो खेलमा किंग्स इलेभेभन पन्जाबमाथि सुपर ओभरमा सफलता पाएको थियो ।