देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अछाममा ९ वर्षीय बालकको हत्या, एक जना पक्राउ

देशान्तर

डोटी । अछामको साँफेबगर नगरपालिका–९ बुढाकोट बस्ने नौ वर्षीय हिमाल बिकको हत्या भएको छ ।

हत्यामा संलग्न भएको आरोपमा सोही वडा बस्ने ४० वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख तथा प्रहरी निरीक्षक नरपति भट्टका अनुसार मृतक बालकको मुख र टाउकोमा चोट लागेको छ ।

सुनारले किन बालकको हत्या गरे त्यो विषयमा केही नखुलेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भनि पक्राउ परेका सुनारलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख भट्टले जानकारी दिए ।

मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसैनमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।