देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आइपीएल आजबाट सुरू हुँदै, उद्घाटन खेलमा चेन्नई र मुम्बई भिड्दै

देशान्तर

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको १३औं संस्करण आज (शनिबार) यूएईमा सुरु हुँदैछ । कोरोना भाइरसको महामारीका कारण यूएईमा गरिएको प्रतियोगितामा साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किङ्स भिड्दै छन् । मुम्बई र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

शेख जायद स्टेडियममा दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् । रोहित शर्माको कप्तानीमा रहेको मुम्बई र महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईबीचको पछिल्लो पाँच खेलमा मुम्बई अपराजित रहेको छ । गत सिजनको फाइनलमा मुम्बईले चेन्नईलाई १ रनले हराएको थियो ।