देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राप्ती प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिने बढ्दै

देशान्तर

नारायणपुर । कोरोना सङ्क्रमणको जोखिममा पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रसूति सेवा लिने बढेका छन् । बन्दाबन्दीले अन्य बर्थिङ सेन्टर बन्द भएको छ । जिल्ला बाहिर जान कोरोनाको जोखिम भएकाले अस्पतालमा सेवा लिनेको सङ्ख्या बढेको अस्पतालका प्रसूति शाखा प्रमुख डा किरण पोखरेलले जानकारी दिए ।

“बन्दाबन्दीमा सेवा लिन प्रादेशिक अस्पतालमै जानुपर्ने बाध्यता भएकोले सङ्ख्या बढेको हो”, उनले भने । अस्पतालमा गत वर्ष दैनिक १७ जनाले सेवा लिने गरेकोमा अहिले ८० जनाले सामान्य प्रकारको प्रसूति सेवा लिने गरेको बताइएको छ । “अस्पतालमा सेवा लिने अन्य बिरामी कम भएपनि प्रसूतिलाई आउने बढ्दै छन्”, डा पोखरेलले भने । सो सेला लिनेमध्ये शल्यक्रिया गराउने धेरै छन् ।

अस्पतालमा दाङसहित रूकुम, रोल्पा, सल्यान, प्यूठान लगायतका जिल्लाबाट सेवा लिन आउँछन् । प्रसूति सेवा लिने बढ्दै गएपछि जनशक्तिको अभाव हुन थालेको प्रमुख पोखरेलले जानकारी दिए । अस्पतालमा ३७ नर्सिङ कर्मचारी छन् । “कोरोनाको जोखिम बढिरहेको समयमा जनशक्ति कम हुँदा समस्या आउन सक्छ तर अहिलेसम्म अस्पतालमा रहेको जनशक्तिले धानेकै छ”, उनले भने ।

जोखिम बढिरहेको समयमा स्वास्थ्य सुरक्षाका सामग्री पाउन नसके पनि सेवा दिइरहेको उनले बताए । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट सर्वेश शर्माले अस्पतालमा सुरक्षा सामग्रीको अभाव हुन नदिने बताए ।