January 27, 2021, Wednesday
२०७७ माघ १४
ताजा अपडेट
ताजा अपडेट ×

आइतबारबाट सर्वोच्चमा सबै प्रकृतिको मुद्दाको नियमित सुनुवाइ

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं । निषेधाज्ञा खुकुलो भएसँगै सर्वोच्च अदालतले आइतबारबाट सबै प्रकृतिको मुद्दाको नियमित सुनुवाइ सुरु गर्ने भएको छ । गत भदौ २ गतेदेखि उपत्यकाको तीन जिल्ला प्रशासनले निषेधाज्ञा लगाएपछि अदालतले बन्दीप्रत्यक्षीकरण रिट र थुनछेक आदेशबाहेक अन्य नियमित सुनुवाइ स्थगन गरेको थियो ।

सर्वोच्चले २०७७ साउन १५ मा अदालतको वृहत पूर्ण इजलासबाट भएको आदेशले प्रदान गरेको सुविधामा अन्यथा असर नपर्ने गरी आइतबारदेखि अदालतमा सबै प्रकृतिका रिट निवेदन, पुनरावेदन, निवेदनको दर्ता, रिट निवेदन तथा अन्य निवेदनहरूको प्रारम्भिक सुनुवाई हुने निर्णय गरेको छ ।

Advertisement

अन्तरिम आदेशसम्बन्धी छलफल, थुनुवा तथा नेपाल सरकारका तर्फबाट पर्न आएका पुनरावेदनको सुनुवाइ, मुलुकी फौजदारी (कार्यविधि) संहिता, २०७४ को दफा ७३ नं अन्तर्गत परेका निवेदन पनि सुनुवाइ हुने सर्वोच्चद्वारा जारी सूचनामा उल्लेख छ ।


  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares