देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बुटवलमा भदौ ५ सम्म लकडाउन घोषणा

देशान्तर

रुपन्देही – बुटवलमा लकडाउन घोषणा गरिएको छ । बुटवल उपमहानगरपालिका कार्यपालिका बैठकले बिहीबार राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्मका उपमहानगरभित्र लकडाउन गर्ने निर्णय गरेको हो । बुटवलमा रहेकालाई बाहिर जान र बुटवल आउनका लागि समय दिएर बिहीबार रातिदेखि लकडाउन गर्ने निर्णय भएको उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिए।

लकडाउनको बेला अत्यावश्यक बाहेक सबै सेवा बन्द हुनेछन् । समुदायमा कोरोना सङ्क्रमण देखिन थालेपछि उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन खुलेपछि बजारमा मानिसहरुको भिडभाड बढेको र सामान्य सर्तकता समेत नअपनाएको देखिन्छ ।