देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कैलालीमा युवा समूहबीच झडप, पाँच जना घाइते

देशान्तर

 टीकापुरमा दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।

टीकापुर नगरपालिका वडा नं ६ र वडा नं ९ का युवाबीच शनिबार साँझ झडप हुँदा वडा नं ६ प्रसेनीका दिनेश साउद, किरण रावल र सुरज चौधरी र वडा नं ९ बैदीका तपेन्द्र साउद र भुवन साउद घाइते भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

घाइतेमध्ये दिनेश साउद, भुवन साउद र सुरज चौधरीको अवस्था गम्भीर रहेकाले टीकापुर अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मधुसुधन न्यौपानेले बतााए ।

बाँकी दुई जनाको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार टीकापुरको खक्रौलास्थित बालुवाटारमा भएको झडपमा दुई समूहले एक–अर्कालाई धारिलो हतियार प्रहार गरेका थिए ।

घटनास्थलबाट प्रहरीले टीकापुर प्रसेनीका रवन साउद र लोकेन्द्र कडायतलाई नियन्त्रणमा लिएको छ ।