देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाँकेमा निषेधाज्ञा चारदिन थप

देशान्तर

कोहलपुर । नेपाल भारत सीमा नाका जोडिएको बाँके जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमणका बिरामी थपिँदै जान थालेपछि बाँकेमा जारी निषेधाज्ञा अवधि बढाइएको छ ।

कोरोना भाइरस सङ्क्रमणको अवस्था जटिल बन्दै गएपछि आइतबारदेखि लागु निषेधाज्ञा शनिबार राति १२ बजेसम्म थप बढाइएको जिप्रकाले जनाएको छ ।

बाँके जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को मंगलबारको बैठकले यही साउन २४ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।