देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदेश ५ कांग्रेस संसदीय दलको नेतामा कनौडिया

देशान्तर

खस्यौली । प्रदेश नं ५ को प्रदेशसभामा विपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेतामा वीरेन्द्रकुमार कनौडिया मंगलबार सर्वसम्मत चयन भएका छन् । पार्टी संसदीय दलको बैठकले उनलाई दलका नेताका रुपमा चयन गरेको प्रदेश नं ५ प्रदेशसभा काङ्ग्रेसका सचेतक निर्मला क्षेत्रीले जानकारी दिइन् । कनौडिया यसअघि दलका उपनेता थिए।

कपिलवस्तु ३ (ख)बाट निर्वाचित उनलाई दलका नेतामा प्रमुख सचेतक सुुरेन्द्र हमालले प्रस्ताव र प्रदेशसभा सदस्य डिल्ली चौधरीले समर्थन गरेका थिए । गत माघ ८ गते संसदीय दलका नेता बलदेव शर्मा पोखरलको निधनपछि कनौडिया कार्यवाहक नेता भएका थिए । संसदीय दलका उपनेताको पद भने रिक्त छ ।