देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आईपीएल १९ सेप्टेम्बरदेखि युएईमा पक्का

देशान्तर

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० को १३ औं संस्करण सेप्टेम्बर १९ देखि सुरु हुने भएको छ ।

आइतबार बसेको आईपीएल गभर्निङ काउन्सिलको बैठकले भारतीय सरकारबाट प्रतियोगिता आयोजना गर्न ग्रिन सिग्नल पाएको र सेप्टेम्बर १९ देखि युएईमा आईपीएल हुने तय भएको भारतीय संञ्चारमाध्यमले जनाएका छन् ।

फाइनल खेल नोभेम्बर १० मा हुने छ । बैठकमा काउन्सिलले प्रत्येक फ्रेन्चाइजको लागि २४ जना खेलाडी राख्न पाउने प्रावधान राखेको छ ।

यस्तै कोभिड–१९ को रिप्लेसमेन्ट राख्न पाउने नियम पनि स्वीकृत गरेको छ । लिगमा १० दिन दुई–दुई खेल हुनेछ । बेलुकाको खेल साढे ७ बजे सुरु हुनेछ ।