देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एफए कपको उपाधि आर्सनलले जित्याे

देशान्तर

आर्सनलले इंग्लिस एफए कप फुटबलको उपाधि जितेको छ ।

वेम्बलीमा शनिबार राति भएको फाइनलमा १० खेलाडीमा सिमित चेल्सीलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्सनलले उपाधि जितेको हो ।


आर्सनललाई उपाधि दिलाउन पेरिक एम्रिक आबुमियाङले दुई गोल गरे । चेल्सीका क्रिस्टियन पुलिसिचले एक गोल गरे ।

निकै रोमान्चक बनेको फाइनलमा एक गोलको अग्रता उल्टाएर आर्सनलले उपाधि चुमेको हो ।

खेलको पाँचौं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

तर, २८ औं मिनेटमा आबुमियाङले पेनाल्टीमा गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ६७ औं मिनेटमा आबुमियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई २-१ को जित दिलाए ।

खेलको ७३ औं मिनेटमा माटियो कोभासिचले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो ।

यससँगै आर्सनलले कीर्तिमानी १४ औं पटक एफए कपको उपाधि जितेको छ ।

यस्तै मिकेल अर्टेटाको टिम आर्सनलले सिजनको पहिलो उपाधि जित्न सफल भएको छ । प्रिमियर लिगमा खराब प्रदर्शन गरेपनि अर्टेटाले टोलीलाई एफए कप जिताउन सफल भए ।

त्यस्तै अर्टेटाले आर्सनलका लागि खेलाडी र प्रशिक्षकको रुपमा समेत एफए कप जित्न सफल भएका छन् ।

यस अघि आर्सनलले सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई २-० ले हराएर फाइनलमा स्थान पक्का गरेको थियो ।

चेल्सीले भने म्यानचेस्टर युनाइटेडलाई ३-१ ले हराएर आर्सनलसँग उपाधि भिडन्त पक्का गरेको थियो ।