देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेसले सागका स्वर्णधारीलाई सम्मान गर्दै

देशान्तर

नेपाली काँग्रेसले १३ औं दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदक जितेका खेलाडीहरुलाई आज सम्मान गर्दै छ । तेह्रौ दक्षिण एशियाली खेलकुद सागमा नेपालले कुल २०६ पदक जिते पनि व्यक्तिगत र टिम इभेन्टमा गरि ५१ स्वर्ण पदक जितेको थियो ।

यसमा व्यक्तिगत र समूह गरि ५१ स्वर्ण पदक रहे पनि काँग्रेसले सम्मान गर्ने स्वर्ण पदक जित्ने खेलाडीको संख्या भने ८० रहेको छ ।

हालै काँग्रेसले मोहन बस्नेतको संयोजकत्वमा गठन गरेको खेलकुद विभागले पहिलो चरणमा स्वर्ण पदक जितेका खेलाडीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार आज दिउँसो पार्टी कार्यालय सानेपामा विशेष कार्यक्रमका साथ सम्मान गर्ने विभागका सचिव मिनकृष्ण महर्जनले जानकारी दिए ।

उनले सभापति शेरबहादुर देउवाले खेलाडीहरुलाई सम्मान गर्ने पनि जानकारी दिए । ‘पहिला व्यक्तिगत इभेन्टमा स्वर्ण विजेतलाई मात्रै सम्मान गर्ने बताइए पनि अब भने समूहमा स्वर्ण जित्नेलाई पनि सम्मान गर्ने निर्णय भएको छ ।’ सचिव महर्जनले भने ।

काँग्रेसले एक मात्र स्वर्ण जित्नेलाई १० हजार, दोहोरो स्वर्ण जित्नेलाई १५ हजार तेहेरो स्वर्ण जित्नेलाई २० हजार र चार वटा स्वर्ण जित्नेलाई २५ हजार प्रदान गरिने छ ।

समूहमा स्वर्ण जित्ने फुटबलका पनि सबै खेलाडी (२३ जना) लाई जनही १० हजारका दरले सम्मान गर्ने पनि सचिव महर्जनले बताए ।
नेपालले व्यक्तिगत र समूहगत गरि १३ वटा खेलमा स्वर्ण पदक जितेको थियो । खेलाडी सम्मान कार्यक्रम दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा हुने छ ।