देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एक दिवसीयमा इंग्ल्याण्ड विजयी

देशान्तर


काठमाडौं । आयरल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा इंग्ल्याण्ड ६ विकेटले विजयी भएको छ । गएराति साउथह्याम्पटनमा भएको खेलमा इंग्ल्याण्ण्ड विजयी भएसँगै तीन म्याचको शृंखलामा इंग्ल्याण्ड १–० ले अघि बढेको छ । इंग्ल्याण्डको जीतमा डेविड विलीको योगदान महत्वपूर्ण रह्यो । उनले ए कदिवसीय क्रिकेटमा पहिलो पटक पाँच विकेट पवनि लिन सफल भएका थिए । उनैलाई म्यान अफ द म्याच बनाइएको थियो ।


इंग्ल्याण्ड र आयरल्याण्डबीचको सिरिज विश्व कप सुपर लिगको रुपमा आयोजना भएको हो । कोरोना महामारीकै बीचमा १३८ दिन पछि एक दिवसीय क्रिकेट पनि मैदान फर्किएको छ । आयरल्याण्डले पहिला ब्याटिङ गर्दै ४४.४ ओभरमा १७२ रन बनाएको थियो ।

डेब्यु गरेका आयरल्याण्डका कर्टिस केफरले सर्वाधिक नटआउट ५९ रन बनाए । जवाफमा इंग्ल्याण्डले २५.५ आभेरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । सेम विलिंग्सले नट आउट ६७ रन बनाएका थिए । यसैगरी कप्तान इयोन मोर्गन पनि ३६ रन बनाएर नटआउट नै फर्किएका थिए ।

जेम्स भिन्सले २५ तथा जेशन रोयले २४ रनको योगदान गरे । आयरल्याण्डका चिराग योङले २ तथा एन्ड्रे म्याक बिन र कर्टिस केफरले एक एक विकेट लिए । पहिलो ब्याटिङ गर्दा आयरल्याण्डको भने शुरुआत निकै खराब रहेको थियो । २८ रन हुँदा ५ विकेट गुमाएको आयरल्याण्डका लागि केफर र केभिन ओब्रिनले ६६ रनको साझेदारी गर्दै स्कोर माथि उठाउने प्रयास गरेका थिए ।