देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ब्रेन्टफोर्ड च्याम्पियनसिप फुटबल प्ले अफको फाईनलमा प्रवेश

देशान्तर

स्वान्सी सिटीलाई हराउँदै ब्रेन्टफोर्डले इंग्लीश फुटबलको शिर्ष श्रेणी प्रिमियरसिपमा उक्लिने संभावना बलियो पारेको छ ।

च्याम्पियनसिप प्ले अफ् अन्तर्गत गएराति भएको सेमिफाईनल दोस्रो लेगको खेलमा ब्रेन्टफोर्ड ३–१ ले विजयी भयो ।

पहिलो लेगमा स्वान्सी सिटीसँग भोगेको १–० को हार उल्टाउदै ब्रेन्टफोर्ड समग्रमा ३–२ को जित निकाल्दै प्ले अफ्को फाईनलमा पुगेको हो ।

प्ले अफ्को फाईनलमा अब स्वान्सीले फुल्हम र कार्डिफ सिटीबिचको दोस्रो सेमिफाईनल खेल विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो लेगमा फुल्हमले कार्डिफ सिटीमाथि २–० को अग्रता लिएको छ । च्याम्पियनसिपको प्ले अफ् फाइनल खेलमा विजेता हुने टोली प्रिमियर डिभिजनमा बढुवा हुनेछ ।

यो सिजनको च्याम्पियनसिपबाट लिड्स युनाईटेड र बेष्ट ब्रोमविच आल्बियोन प्रिमियर डिभिजनमा उक्लिसकेका छन् ।

बढुवा हुने तेस्रो टोलीका लागि च्याम्पियनसिपका तेस्रो देखि छैटो स्थानसम्मका चार टोलीचिब प्ले–अफ् भईरहेको छ ।